नेभिगेशन
सुरक्षा विशेष

तनावग्रस्त बनेपछि बारामा कर्फ्यु आदेश जारी

बारा। बारामा नेकपा एमाले नेता महेश बस्नेतविरुद्ध जेनजी समूहले गरेको प्रदर्शनपछि स्थानीय प्रशासनले जीतपुर–सिमरा उपमहानगरपालिकाका केही भागमा कर्फ्यु लागू गरेको छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार कर्फ्यु आज मध्यान्ह १२:३० बजेबाट लागू भई राति ८ बजेसम्म प्रभावकारी रहनेछ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) र (ख) अनुसार तोकिएको यस कर्फ्युले गण्डक नहरदेखि पथलैया सडक खण्डसम्म राजमार्गका दायाँ–बायाँ ५०० मिटर क्षेत्र तथा सिमरा विमानस्थल वरपर ५०० मिटर परिधिभित्र आवतजावत तथा समूहगत क्रियाकलापमा पूर्ण प्रतिबन्ध लगाएको छ।

मिश्रले बताएअनुसार तोकिएको क्षेत्रभित्र कुनै पनि किसिमको भेला, जुलुस, प्रदर्शन, सभा–बैठक तथा घेराबन्दी गर्न नपाइने व्यवस्था लागू गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"