नेभिगेशन
ट्राफिक प्रहरी

सवारी साधनमा लेखिएका अस्वाभाविक शब्द हटाउँदै बाँके ट्राफिक प्रहरी

बाँके । सवारी साधन चलाउँदा चालकको ध्यान भंग भई दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी साधनमा लेखिएका अस्वाभाविक शब्द, वाक्य तथा विभिन्न कोटेशनहरू हटाउन सुरु गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी साधनमा लेखिएका आपत्तिजनक, भ्रामक तथा ध्यान विचलित गर्ने शब्द तथा वाक्यहरूले चालक तथा अन्य सवारी प्रयोगकर्ताको ध्यान सडकभन्दा अन्यत्र मोडिन सक्ने भन्दै यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई लेखाइ हटाउन लगाएको जनाएको छ।

ट्राफिक प्रहरीले नियम विपरीत लेखिएका सवारी साधनहरूलाई तत्काल हटाउन निर्देशन दिइनुका साथै आवश्यक कानुनी प्रक्रिया अनुसार कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

सडक दुर्घटना न्यूनीकरणका लागि सवारी नियमको पूर्ण पालना गर्न सबै सवारी चालकलाई आग्रह गर्दै यस्ता अभियानलाई निरन्तरता दिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्