नेभिगेशन
सुरक्षा अपडेट

गाडीको ठक्करबाट सडक छेउमा सुतेका जङ्गबहादुरको मृत्यु, ठक्कर दिने गाडी फरार

सुर्खेत । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा अज्ञात गाडीको ठक्करबाट सडक छेउमा सुतिरहेका एक व्यक्तिको मृत्यु भएको छ।

आज बिहान वीरेन्द्रनगर नगरपालिका-१ टेम्पोपार्कमा दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढालाई पहिचान नखुलेको गाडीले ठक्कर दिएर फरार भएको सुर्खेत प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतक अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएका जङ्गबहादुरलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिए पनि उपचारका क्रममै मृत्यु भएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा जङ्गबहादुर मदिरा सेवन गरी सडकमा सुतिरहेको अवस्थामा गाडीले ठक्कर दिएर भाएको सुर्खेत प्रहरीले जनाएको छ।

यता प्रहरीले ठक्कर दिने गाडी र चालकको खोजतलास तिब्र पारेको जनाउँदै घटनाबारे अनुसन्धान अगाडि बढाएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्