नेभिगेशन
सुरक्षा अपडेट

सुर्खेत जङ्गलमा युवायुवती मृत भेटिए, अनुसन्धान अगाडि बढाइसक्यो प्रहरीले

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा एक युवक र एक युवतीको शव फेला परेको छ। वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्क नजिकको जङ्गल क्षेत्रमा उनीहरू मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

आज बिहान मर्निङ वाकका लागि निस्किएका स्थानीयले जङ्गलभित्र शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता श्यामप्रकाश यादवका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। “हामी भर्खरै घटनास्थलमा पुगेर अनुसन्धान गर्दैछौँ, हालसम्म मृतकहरूको पहिचान खुलेको छैन,” उनले बताए।

प्रहरीका अनुसार युवक र युवतीको शव एकै स्थानमा नभई केही मिटरको दूरीमा छुट्टाछुट्टै अवस्थामा फेला परेका छन्। यस कारण घटना शंकास्पद देखिएको प्रहरीको भनाइ छ।

सहिद पार्क वीरेन्द्रनगरको प्रमुख पर्यटकीय तथा सार्वजनिक स्थल भएकाले घटनाले स्थानीयस्तरमा चासो र त्रास बढाएको छ। प्रहरीले घटनाको कारण र मृतकको पहिचान खुलाउन थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्