नेभिगेशन
सुरक्षा अपडेट

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीया महिलाको मृत्यु, मोटरसाइकल चालक घाइते

सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मोटरसाइकलको ठक्करबाट मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका—१३ की ७० वर्षीया लक्ष्मी लामिछाने रहेकी छिन् ।

सुर्खेत प्रहरीले दिएको जानकारी अनुसार पिपिरा चौकबाट धुलायबिटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००२ प ३२७१ नम्बरको मोटरसाइकलले पुरानो ११ नम्बर वडा कार्यालय अगाडि पैदल यात्री लामिछानेलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी लामिछानेलाई उपचारका लागि प्रदेश अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको सुर्खेत प्रहरीले जानकारी दिएको छ।

लेखबेशी नगरपालिका-३ का ठक्कर दिने २९ वर्षीय चालक हर्कबहादुर बस्नेत पनि घाइते भएका छन् । उनको प्रदेश अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्