नेभिगेशन
सुरक्षा अपडेट

ट्रकको ठक्करबाट २८ वर्षीय मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । ट्रकको ठक्करबाट २८ वर्षीय युवकको मृत्यु भएको छ   भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिदा ठोक्किँदा चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१६ का २८ वर्षीय कुलबहादुर मगरको मृत्यु भएको हो।

ना६ख ६३१६ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना३१प २११४ नम्बरको मोटरसाइकल ठोक्किँदा  गम्भीर घाइते भएका निजको  चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्