नेभिगेशन
सुरक्षा अपडेट

बालुवा बोकेको मिनी ट्रक सडकदेखि ५ मिटर तल खस्यो, ४ जनाको मृत्यु

काठमाडौं । ललितपुरमा मिनी ट्रक दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन्।

ललितपुरको लेलेबाट बालुवा बोकेर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक गए राति करिब ९ बजेतिर कोन्ज्योसोम गाउँपालिका–१, बाउनडाँडामा   सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनास्थलमै चालक गोदावरी नगरपालिका–६ निवासी ५२ वर्षीय गणेश खड्का र सोही स्थानका ४२ वर्षीय गणेश थापाको मृत्यु भएको थियो। गम्भीर घाइते अवस्थामा उद्धार गरिएका अन्य दुई पुरुषको उपचारका क्रममा पाटन अस्पतालमा ज्यान गएको हो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। मृतकमध्ये दुई जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाउनुका साथै थप विवरण संकलन गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्