नेभिगेशन
सुरक्षा अपडेट

अटो दुर्घटनामा ४ जनाको मृत्यु, एक जना घाइते

काठमाडौं । अटो दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। चितवनको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदानगढीबाट शक्तिखोरतर्फ जाँदै  गरेको बागमती प्रदेश ०६–००१ ह ०३१५ नम्बरको अटो आज आफैँ अनियन्त्रित भई नालामा पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा अटो चालक राप्ती नगरपालिका–९ का ३९ वर्षीय पूर्ण विकसहित राप्ती नगरपालिका–८ की ५६ वर्षीया विष्णुकुमारी तामाङ, राप्ती नगरपालिका–९ की २२ वर्षीया बिनि तामाङ र सोही स्थानकी अन्दाजी ५६ वर्षीया तिलक तामाङको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा आज साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।

दुर्घटनामा परी घाइते राप्ती नगरपालिका–९ की ५३ वर्षीया चिनीकुमारी गुरुङकोे सोही अस्पतालमा उपचार भइरहेको छ । रासस।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्