नेभिगेशन
सुरक्षा अपडेट

परीक्षा दिन गएका दुई बालकको नदीमा डुबेर मृत्यु

काठमाडौं । परीक्षा दिन गएका दुई बालकको नदीमा डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार  चितवनको भरतपुर महानगरपालिका बाह्रघरेस्थित मुनलाइट इङ्लिस स्कुलका कक्षा ७ मा अध्ययनरत १३ वर्षीय प्रशान्त क्षेत्री र सनम रम्तेल परीक्षा दिन विद्यालय पुगेका थिए।परीक्षा सुरु हुनुअघि उनीहरू नारायणी नदीमा पौडी खेल्न गएका बेला डुबेका थिए।

पौडी खेल्ने क्रममा उनीहरू नदीको भेलमा डुबेका थिए। घटनापछि स्थानीय र प्रहरीको टोलीले खोजी गर्दा उनीहरूलाई डुबेको अवस्थामा फेला पारिएको थियो। गम्भीर अवस्थामा उद्धार गरी भरतपुर अस्पताल लगिएको भए पनि उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।

विद्यालय र नदीबीचको दूरी करिब ८ सय मिटर रहेको बताइएको छ। घटना बारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्