नेभिगेशन
सुरक्षा अपडेट

चट्याङ लागेर ३२ वर्षीय युवकको मृत्यु, एकजना घाइते

काठमाडौं । चट्याङ लागेर एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीका अनुसार ३२ वर्षीय अजय पहरीको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्