नेभिगेशन
सुरक्षा अपडेट

पिकअप जीप दुर्घटनामा इन्जिनियरसहित दुई जनाको मृत्यु

काठमाडौं । सडकदेखि १ सय फिट पिकअप जीप खस्दा इन्जिनियरसहित दुई जनाको मृत्यु भएको छ । 

काठमाडौँ दक्षिणकालीबाट करिब ३५ किलामिटर दक्षिण मकवानपुरको माणडु हाइड्रोपावरबाट इपातर्फ जाँदै गरेको जीप मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा  दुर्घटना हुँदा निजगढ–काठमाडौँ द्रुतमार्गमा कार्यरत इन्जिनियर सूर्य यादव र सवारी चालक बोधराज बुढाथोकीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जीप अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खस्दा त्यसमा सवार बाराको पचरौता नपा–७ का इन्जिनियर यादव र सिन्धुलीको कमलामाई नपा–९ का चालक बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

प्रहरीका अनुसार जीप दुर्घटना भएको जानकारी पाउनासाथ निजगढ–काठमाडौँ द्रुतमार्गको बेस क्याम्पमा खटिएका नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएकामा चिकित्सकले दुवै जनाको मृत्युको घोषणा गरेको हो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्