नेभिगेशन
सुरक्षा अपडेट

काभ्रेपलाञ्चोकमा बस दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोट क्षेत्रमा  बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस  बिपी राजमार्ग नजिकैबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।

बस दुर्घटनामा परी हालसम्म ७ जनाको मृत्यु पुष्टि भएको छ। बसमा करिब २५ देखि ३० जना यात्रु सवार रहेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले बताए । १५ जना घाइतेको उद्धार गरि अस्पताल पठाइएको उनले बताए।

अरनिको यातायातबाट सञ्चालनमा रहेको उक्त बस दुर्घटनापछि प्रहरी, स्थानीयवासी तथा उद्धारकर्मीहरू घटनास्थलमा खटिएर उद्धार तथा खोजी कार्यमा जुटिरहेका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाउने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्