नेभिगेशन
सुरक्षा अपडेट

दुई बालिका र एक युवकको पौडी खेल्ने क्रममा डुबेर मृत्युु

सुर्खेत ।  कर्णाली प्रदेशमा खोला र तालमा डुबेर तीन जनाको मृत्यु भएको छ।  प्रहरीका अनुसार सुर्खेत र दैलेखमा डुबेर तीन जनाको मृत्यु भएको हो।

सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–१० की १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना रावतको शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

यसैगरी, दैलेखको गुराँस गाउँपालिकाका १८ वर्षीय रमेश पुनको शनिबार नै पौडी खेल्ने क्रममा दहतातलमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे सम्बन्धित प्रहरी कार्यालय थप अनुसन्धान अगाडि बढाएको बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्