नेभिगेशन
सुरक्षा विशेष

भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका २१ वर्षीय युवक नेपालगन्ज नाकाबाट पक्राउ

नेपालगञ्ज । भारतबाट अवैध रूपमा ल्याउदै गरिएको ब्राउन सुगरसहित २१ वर्षीय युवकलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ।

आज दिउँसो करिब २ बजे भारतको रुपैडिहाबाट ब्राउन सुगर लिएर नेपाल प्रवेश गर्दै गरेका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–११, सृष्टि हल नजिक बस्ने २१ वर्षीय अब्दुल खानलाई नेपालगञ्ज–१५ स्थित शर्मा गल्लीको निमको बोट नजिकबाट १ सय मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट (बिओपी) जयसपुरबाट सशस्त्र प्रहरी निरीक्षक हिमाल केसीको कमाण्डमा स्निफर डगसहित खटिएको टोली र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जका प्रहरी सहायक निरीक्षक नवीन कुमार शाहीको संयुक्त टोलीले खानलाई शंकास्पद अवस्थामा जाँच गर्दा उनको साथबाट १०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेका खानलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका इलाका प्रहरी कार्यालय जमुनाह बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्