नेभिगेशन
सुरक्षा अपडेट

सुनकोशीमा खस्यो कार, खोजीकार्यको लागि गोताखोर परिचालन

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गबाट कार सुनकोशी नदिमा खसेको छ।

कार दुर्घटनाको खवर पाएपछि खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश खुर्र्कोटबाट गोताखोरसहितको टोली परिचालन गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको कारलाई काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिएपछि कार सडकबाट अन्दाजी ३० मिटर तल सुनकोशी नदिमा खसेको हो।

वेपत्ता कारको खोजीकार्यमा सो वेशबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमाण्डमा गोताखोरसहितको टोली र नेपाल प्रहरीको टोली समेत परिचालन भएको छ ।

उक्त कारमा सवार सिन्धुपाल्चोक बस्ने दिलकुमार लामा, सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–१ बस्ने २८ बर्षिय गणेश थापा र वतन नखुलेका अर्का एक जना समेत वेपत्ता भएका छन् भने बसका चालकलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्