नेभिगेशन
सुरक्षा विशेष

नुवाकोटमा दुर्घटनामा परेको हेलिकप्टरमा एक क्याप्टेन र चार चिनियाँ नागरिक थिए सवार

काठमाडौं । नुवाकोटको शिवपुरीका भएको एयर डाइनेस्टीको हेलिकप्टरमा एक क्याप्टेन सहित अन्य ४ जना चिनियाँ नागरिक सवार रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

आज दिउँसो १ बजेर ५४ मिनेटमा त्रिभुवन विमानस्थलबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर उडेको ३ मिनेटमै सम्पर्कविहीन भएको उक्त हेलिकप्टरमा क्याप्टेन अरुण मल्ल, चिनियाँ नागरिकहरू जुदाड टाङ, जिली, यियाद वु र जेमिङ सी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिएका छन् ।

हेलिकप्टर  शिवपुरी-७ सुर्यचौर डाँडामा दुर्घटना भएको थियो । जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार शवलाई पोष्टमार्टमका लागि महाराजगन्ज पठाउने जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"