नेभिगेशन
नेपाल प्रहरी

कटुवा पेस्तोल र २५ राउण्ड छर्रासहित दुई जना पक्राउ

बुटवल । प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देहीको ओमसतिया गाउँपालिका–६ नारायणपुरका २३ वर्षीय अमन कुमार धवल र २० वर्षीय सुनिल केवट रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको संयुक्त प्रहरी टोलीले नारायणपुरमा धवलको घरमा खानतलासी गरेको थियो । सो क्रममा लुकाइराखेको अवस्थामा एक थान कटुवा पेस्तोल र २५ राउण्ड छर्रा बरामद भएको प्रहरीले जनाएको छ ।

हतियार बरामद भएपछि प्रहरीले धवलसँगै केवटलाई पनि नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष विश्वकर्माका अनुसार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ । प्रहरीले घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्