नेभिगेशन
सुरक्षा विशेष

हत्या आरोप लगाइएका लुम्बिनीका वन मन्त्री बादशाहले दिए राजीनामा

दाङ ।  लुम्बिनी सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् ।

मन्त्री कुर्मीले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष आज राजीनामा बुझाएका हुन् । उनको राजीनामा भने स्वीकृत भएको छैन । बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणमा संलग्न भएको आरोप खेपिरहेका कुर्मीविरुद्ध चौतर्फी दबाब बढेपछि आज राजीनामा दिएका हुन् । 

यद्यपि उनले आफू निर्दोष रहेको बताउँदै आएका छन् । उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको उनको प्रष्टोक्ति छ । तर, पार्टी नेतृत्वले राजीनामा दिन सुझाएको बुझिएको छ । 

शाहलाई साउन ९ गते कांग्रेसबाट बिना विभागीय मन्त्री बनाइएको थियो । मुख्यमन्त्री आचार्यले साउन १८ गते कुर्मीलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकेका थिए । गत निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट उनी बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ (२) बाट लुम्बिनी प्रदेशसभामा निर्वाचित भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"