नेभिगेशन
सुरक्षा विशेष

पाँच जिल्लाका सिडिओको सरुवा,काठमाडौंमा आचार्य

काठमाडौं । गृह मन्त्रालयले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ। गृहले गरेको सरुवामा काठमाडौंको सिडिओमा जयनारायण आचार्यको सरुवा गरेको छ।

काठमाडौंका सिडिओ जितेन्द्र बस्नेतको गृह मन्त्रालयमा सरुवा भएको छ। काठमाडौंको सिडिओमा सरुवा हुनुअघि आचार्य कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए।

त्यसैगरि गृहले अर्घाखाँचीमा बाबुराम अर्याललाई सरुवा गरेको छ। प्युठानमा गृह मन्त्रालयले रमा आचार्य सुवेदीलाई सिडिओको जिम्मेवारी दिएको छ।

त्यस्तै सिन्धुपाल्चोकमा किरण थापा र सिन्धुलीमा लिलाप्रसाद शर्माको सरुवा भएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"