नेभिगेशन
सुरक्षा विशेष

रवि लामिछाने पक्राउ प्रकरण: पोखरामा रास्वपा र प्रहरीबीच घम्साघम्सी

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले आज पोखरामा प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा प्रहरी र रास्वपाका कार्यकर्ताबीच घम्साघम्सी भइरहेको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रशासन कार्यालयले कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।

निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भइरहेको छ । अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि  लामिछाने पक्राउको विरोधमा सहिदचोकमा नाराबाजी गरिरहेका छन् ।

निषेधित क्षेत्रबाट रास्वपा नेता कार्यकर्तालाई हटाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"