नेभिगेशन
नेपाल प्रहरी

चिसापानीबाट डेढ किलो बढी अफिमसहित दुई युवक पक्राउ

धनगढी । प्रहरीले कैलालीको लम्की-चुहा नगरपालिका–३ को चिसापानीमा रहेको प्याराडाइज होटलबाट १ किलो ७०६ ग्राम लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।

कैलाली प्रहरीका अनुसारपक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका-४ का ३८ वर्षीय मेघराज खत्री र जाजरकोटको बारेकोट गाउँपालिका-३ बस्ने ३२ वर्षीय भक्तबहादुर शाही रहेका छन् ।

उनीहरूलाई विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूलाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्