नेभिगेशन
नेपाली सेना

बाढीमा फसेका ४ भारतीयसहित ५ तीर्थयात्रीको नेपाली सेनाद्वारा उद्धार

काठमाडौं । खोलामा आएको बाढीमा फसेका ५ जना तीर्थयात्रीको नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

आज बिहान साढे २ बजे काठमाडौँको सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक खोलाको बाढीमा फसेका ४ भारतीय र एक नेपाली तीर्थयात्रीलाई सकुशल उद्धार गरेको नेपाली सेनाले जानकारी दिएको छ।

उनीहरु नुहाउन गएका बेला एक्कासी खोलाका बाढी आउँदा खोलाको बिच भागको ढुङ्गामा अडिएर बसेका उनीहरुलाई नेपाली सेनाको चन्दननाथ गणबाट गएको उद्धार टोलीले सकुशल उद्धार गरेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्