नेभिगेशन
सुरक्षा विशेष

कैलाली कारागारमा झडप,१ जनाको मृत्यु, दर्जनौं कैदीबन्दी घाइते

कैलाली । कैलाली जिल्ला कारागारमा झडप भएको छ। झडपका क्रममा एक जनाको मृत्यु भएको छ। झडपमा ४७ जना कैदीबन्दी घाइते भएको बताइएको छ।

गए राति ११ बजे भएको झडपमा धनगढी उपमहानगरपालिका-४ का भरत चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइते भएका उनको उपचारका क्रम सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

४७ जना घाइतेहरुको पनि सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको र उक्त घटनामा ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

कैलाली कारागारम बिहीबार पनि झडप हुँदा ५ जना घाइते भएका थिए । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्