नेभिगेशन
सुरक्षा विशेष

कैलाली कारागारमा पुर्पक्षका लागि थुनामा रहेका थुनुवाको मृत्युु

कैलाली । कैलाली कारागारका एक थुनुवाको मृत्युु भएको छ । जिल्लाको टीकापुर नगरपालिका-४ का ५६ वर्षीय रामकिसन चौधरीको सोमबार दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।

टाउको दुखेको र रिंगटा लागेको भनेपछि चौधरीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको कारागार प्रमुख प्रकाश ढुङ्गानाले जानकारी दिए ।

उनले मृत्युको कारण भने खुल्न नसकेको बताए । मृतक जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"