नेभिगेशन
सुरक्षा विशेष

गृहमन्त्री र गृहसचिवको नाम लिँदै भिजिट भिसामा विदेश पठाउन दबाब, पक्राउ परे गृहका कर्मचारी

काठमाडौं । नेपाल प्रहरीको टोलीले गृह मन्त्रालयका एक जना कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीले गृहमन्त्री र गृह सचिवको नाम लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिएको आरोपमा गृह मन्त्रालयका कर्मचारी निर्मल विष्टलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका कर्मचारी विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृहसचिव एकनारायण अर्याल लगायतसँग कुरा भइसकेको छ’ भन्दै गत असार २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीलाई थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न फोनबाट दबाब दिएको आरोप छ।

गृह मन्त्रालयका कम्प्युटर अपरेटर विष्टले गरेको दबाबलाई विमानस्थलका अध्यागमन प्रमुख  अधिकृत पन्थीले अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको संलग्नता खुलेको गृह मन्त्रालयले जानकारी दिएको छ।

विष्ट भिजिट भिसामा विदेश पठाउने धन्दामा संंलग्न भएको हुँदा गृहसचिव अर्यालले असार २५ गते विष्टलाई सेवाबाट हटाएका थिए। तर उनले जागिर थमौतीका लागि भन्दै गृहमन्त्री लामिछानेलाई सम्व्त भेटेका थिए।

गृहमन्त्रीलाई भेटेपनि आरोप लागेका विष्टमाथि थप अनुसन्धान गर्न प्रहरीको जिम्मा लगाएर पठाइएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ। गृह मन्त्रालयले विष्टलाई प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाइएको हो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

उनीहरूका लागि रात र दिनको खासै अर्थ हुँदैन। उनीहरूको एउटै उद्देश्य हुन्छ—सीमा सुरक्षित राख्ने, ताकि राष्ट्र निश्चिन्त भएर निदाउन सकोस्।