नेभिगेशन
सुरक्षा विशेष

बाँकेका सीडीओ एकपछि अर्को विवादमा,कारबाहीका लागि गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं  । बाँकेका सिडिओे धर्मराज जोशी झनझन विवादित बन्दै गएका छन् । तत्कालीन गृहमन्त्री रमेश लेखकले कार्यविधि मिचेर बाँके पठाएका सीडीओ जोशी अराजक बन्दै नागरिकमैत्री हुन नसकेको यतिबेला चौतर्फी गुनासो आइरहेको छ ।

गृह मन्त्रालयबाट करिब ६ महिनाअघि  बाँकेको सीडीओ भएर आएदेखि नै पटक-पटक विवादीत र आलोचित बनिरहेका जोशी पछिल्लो समय जेनजी आन्दोलनपछि झनै अराजक बन्दै मिडियासँगै अधिकारकर्मी र नागरिकमाथि जाई लाग्न थालेको भनिएको छ।

सरकारी कर्मचारीलाई खलासीको दर्जा दिनेदेखि आफ्नो काबुमा राख्न खोज्ने र अधिकारकर्मी, पत्रकारलाई सुचना सम्प्रेषण र प्रवाहमा समेत कन्जुस्याइँ,धम्की दिदै उल्टो थुनिदिने, कारवाही गर्ने लगाएका धम्की दिने गरेको भन्दै बाँकेका अधिकारकर्मी, नागरिक समाज, पत्रकार महासंघले कारवाहीको माग गरेका छन ।

विभिन्न अधिकारवादी संगठनले संयुक्त बिज्ञप्ती निकाल्दै बाँकेका सीडीओेले पटक-पटक पदीय आडमा मर्यादा भन्दा बाहिर गएर अराजकता मच्चाएकाले उनीमाथि तत्काल छानबिन र कारवाही गर्न गृहमन्त्री ओमप्रकाश अर्यालको ध्यानाकर्षण गराएका छन ।

सीडीओे जोशीसँग जेनजी आन्दोलनका बेला बाँके प्रशासनमा भएको क्षतिको विवरण माग गर्दा उनले केही पत्रकार सहित इन्सेक प्रतिनिधीलाई समेत सुचना दिनुको साटो थुनिदिने, कारवाही धम्की सहित अमर्यादित रूपमा दुर्ववहार गरेको ती संस्थाले निकालेका संयुक्त बिज्ञप्तीमा उल्लेख छ ।

यसअघि पनि सीडीओ जोशीले गरेको गैर जिम्मेवार कार्यको घोर विरोध भएको थियो। पटक-पटक  ध्यानाकर्षण गराउद पनि वर्तमान गृहमन्त्री अर्याल किन चुप छन् ? 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

उनीहरूका लागि रात र दिनको खासै अर्थ हुँदैन। उनीहरूको एउटै उद्देश्य हुन्छ—सीमा सुरक्षित राख्ने, ताकि राष्ट्र निश्चिन्त भएर निदाउन सकोस्।