नेभिगेशन
सुरक्षा विशेष

त्रिशुली बस दुर्घटनाको अध्ययन गर्न गृहमन्त्रीले बनाए कार्यदल

काठमाडौं  । नवनियुक्त गृहमन्त्री रमेश लेखकले त्रिशुली बस दुर्घटनाबारे गम्भीर भएर चासो राख्दै दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् ।

आज पदभार ग्रहण गर्दै गृहमन्त्री लेखकले दुर्घटनाबारे अध्ययन गर्न सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा पहिलो हस्ताक्षर गरेका हुन् ।

गृहमन्त्रीले बनाएको कार्यदलमा सहसचिव रिजालसहित  तीन वटा सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका एक जना रहेका छन् । कार्यदलले १० दिनभित्र दुर्घटनाबारे अध्ययन प्रतिवेदन दिनुपर्नेछ।

गत शुक्रबार साढे ३ बजे नारायण-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस बगेर त्रिशूली नदीमा बेपत्ता भएका थिए। दुबै बस गरेर ६५ यात्रु रहेकोमा हालसम्म ११ जनाको शव फेला पर्दा ७ जनाको पहिचान खुलेको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

उनीहरूका लागि रात र दिनको खासै अर्थ हुँदैन। उनीहरूको एउटै उद्देश्य हुन्छ—सीमा सुरक्षित राख्ने, ताकि राष्ट्र निश्चिन्त भएर निदाउन सकोस्।