नेभिगेशन
सुरक्षा विशेष

नेपालगन्ज नाकाबाट ५४५ जनाको उद्दार, 'बाँकेका मात्रै ८७ जना': कोइराला

नेपालगन्ज । माइती नेपालले नेपालगन्ज सीमा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्दार गरेको छ । ती मध्ये ८७ जना बाँकेका रहेका छन् ।

माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले सन् २०२५ मा भारतका विभिन्न शहरमा श्रम र यौन शोषणमा परेका १४ जना महिला तथा बालबालिकाको उद्दार गरिएको जानकारी दिए ।

कोइरालाका अनुसार खोजतलासका लागि ९ सय २० जनाको निवेदन परेकोमा ५ सय ९३ जना फेला परेका छन् । माइती नेपालले सीमाबाट उद्धार, पारिवारिक पुनर्मिलन, खोजतलास, लैङ्गिक तथा घरेलु हिंसा, मुद्दा दर्ता र समाधानका क्षेत्रमा काम गरिरहेको छ ।

माइती नेपालले आगामी दिनमा पनि सीमा क्षेत्रमा हुने मानव बेचबिखन नियन्त्रण, हिंसामा परेका महिला तथा बालबालिकाको संरक्षण, कानुनी सहयोग र सामाजिक पुनर्स्थापनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"