नेभिगेशन
सुरक्षा विशेष

'वन्यजन्तुबाट मानव जीवन असुरक्षित हुने संरक्षण नीति स्वीकार्य छैन'– पोषण केसी

बाँके ।  बाँके क्षेत्र नम्बर १ अन्तर्गत पर्ने बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा जंगली जनावरको आक्रमणले स्थानीय नागरिक पीडित बनेका छन्। कयौं मानिस आक्रमणमा मारिएका, कतिपय घाइते र केही अपाङ्ग भएका छन्।

यसै सन्दर्भमा, आमजनताको सुरक्षाका सवालमा बाँके–१ नेपाली कांग्रेसका क्षेत्रीय सभापति पोषण केसीसँग सुरक्षाखबरका बाँके सम्बादाता अनिल गौतमले कुराकानी गरेका छन्। प्रस्तुत छ, मुख्य अंश:

बाँकेराष्ट्रिय निकुञ्ज आसपास बस्तीमा बाघ र चितुवाको आक्रमण बढ्दा तपाईंको धारणा के हो?

“म राप्ती सोनारीमा बस्छु, त्यसैले यो अवस्थाप्रति अत्यन्त दुःखी छु। स्थानीय बस्तीका नागरिक  जंगली जनावरको  (बाघ चितुवा)  आक्रमणको उच्च जोखिममा छन्। निर्दोष मानिसको ज्यान गुम्नु अस्वीकार्य छ। वन्यजन्तु संरक्षणका नाममा मानव जीवन असुरक्षित हुनु कदापि स्वीकार्य छैन। आम नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता हो।”

नेपालको वर्तमान वन्यजन्तु संरक्षण नीति वन्यजन्तु सम्बन्धी समस्याहरू समाधान गर्न पर्याप्त छ कि छैन?

“हालको वन्यजन्तु संरक्षण ऐन, २०२९ समयसापेक्ष छैन। त्यसैले यसलाई जनमुखी र सुरक्षामैत्री बनाउन अहिले सुधार अपरिहार्य छ। संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्न कानुनी तथा संरचनागत सुधार आवश्यक छ। किसान, महिलाहरू र बालबालिका उच्च जोखिममा छन्।”

नेपाली कांग्रेसले यस समस्यामा दीर्घकालीन समाधान दिन सक्छ कि?

“नेपाली कांग्रेस मानव जीवनको सुरक्षालाई केन्द्रमा राखेर नीति व्यवहारिक र जनमैत्री बनाउने प्रतिबद्ध छ। उम्मेदवार नारायण प्रसाद गौडेल निर्वाचित भएपछि जोखिमयुक्त क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउने, क्षतिपूर्ति प्रक्रिया छरितो बनाउने, र आवश्यक कानुनी संशोधन अघि बढाउने कार्य प्राथमिकतामा राख्नुहुनेछ । यसले स्थानीय जनताको सुरक्षा र राहतमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा छ।”

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्