नेभिगेशन
सुरक्षा विशेष

महाराजगंज क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइयो

कपिलवस्तु। कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा जारी गरिएको निषेधाज्ञा आदेश आज बिहान ९ बजेदेखि लागू हुने गरी हटाइएको छ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएपछि तथा नागरिकको दैनन्दिन जीवन सहज बनाउन यो निर्णय गरिएको हो।

जिल्लाको महाराजगंज नगरपालिका वडा नं. २ अन्तर्गत वर्गदामा भएको घटनालाई मध्यनजर गर्दै चैत ७ गते दिउँसो २ बजेदेखि र चैत ८ गते दिउँसो १ बजेदेखि जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो।

जिल्ला सुरक्षा समितिको आज  बसेको बैठकले हालको सुरक्षा अवस्था मूल्याङ्कन गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको जनाएको छ।

प्रशासनले अब अवस्था सामान्य रहेको र नागरिकलाई सहज रूपमा आवतजावत तथा दैनिक कामकाज गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"