नेभिगेशन
सुरक्षा विशेष

लुम्बिनी प्रदेशका अवैध क्रसर बन्द गराउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं । लुम्बिनी प्रदेशमा अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योगहरू बन्द गराउन गृह मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालय नक्सालासहित लुम्बिनी प्रदेशका १२ जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै अवैध क्रसरहरू तुरुन्त बन्द गराउन निर्देशन दिएको हो।

द काउन्सिल अफ जेनजी  लुम्बिनीले अवैध क्रसर उद्योगका सम्बन्धमा गृहमन्त्रीसमक्ष उजुरी दिएपछि मन्त्रालयले उक्त कदम चालेको बताइएको छ।

निर्देशनअनुसार सम्बन्धित निकायहरूले अनुगमन गरी मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योगहरूलाई बन्द गराउने प्रक्रिया अघि बढाउनेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"