नेभिगेशन
नेपाली सेना

एकआपसमा मोटरसाइकल ठोक्किँदा सैनिक जवानको मृत्यु,अर्का चालक घाइते

काठमाडौं । काठमाडौँको नागार्जुन नगरपालिका–८, फस्कु क्षेत्रमा भएको मोटरसाइकल दुर्घटनामा एक सैनिक जवानको मृत्यु भएको छ। सितापाइलाबाट रामकोटतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५४ प ०५५७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेपछि चालक भिमराज तामाङको ज्यान गएको हो।

नागार्जुन–८ निवासी तामाङको साथबाट सैनिक जवानको परिचयपत्र फेला परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिए।

ट्राफिक प्रहरीका अनुसार तामाङले चलाएको मोटरसाइकल रामकोटबाट सितापाइलातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–००३ प ६७१६ नम्बरको अर्को मोटरसाइकलसँग ठोक्किएको थियो।

उक्त मोटरसाइकल चालक सर्लाही घर भई हाल ललितपुर बस्दै आएका २२ वर्षीय युवराज ठाकुर घाइते भएका छन्। उनको मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्