नेभिगेशन
सुरक्षा विशेष

'भदौ २४ को घटनाको छानबिन कहिले हुन्छ सरकार?'

काठमाडौँ । रामकुमारी झाँक्रीले भदौ २४ गते भएका घटनाबारे निष्पक्ष छानबिनमा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउदै प्रश्न गरेकी छिन् । राष्ट्रिय सभा बैठकमा सोमबार बोल्दै उनले विशेषगरी सिंहदरबार लगायतका अन्य स्थानमा भएको तोडफोड र आगजनीको सत्य तथ्य सार्वजनिक गर्न ढिला गर्न नहुने बताइन्।

पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले ती दिनका घटनाको प्रकृतिबारे स्पष्टता आवश्यक रहेको उल्लेख गरिन्। उनका अनुसार आन्दोलन शान्तिपूर्ण थियो वा हिंसात्मक, त्यसको जिम्मेवारी कसले लिने भन्ने विषय अझै अनुत्तरित छ। उनले राज्यका संवेदनशील संरचनामाथि आक्रमण हुँदा त्यसलाई सामान्य रूपमा लिने प्रवृत्ति खतरनाक भएको टिप्पणी गरिन्।

सांसद झाँक्रीले युवाहरूलाई गलत ढंगले परिचालन गरिएको आशंका व्यक्त गर्दै यसमा संलग्न पक्षको पहिचान गर्नुपर्ने बताइन्। “राज्यविरुद्ध जे गरे पनि हुन्छ भन्ने गलत सन्देश कसले फैलायो?” भन्ने प्रश्न उठाउँदै उनले यस्ता घटनाले दीर्घकालीन असर पार्ने चेतावनी दिइन्।

उनले सरकारप्रति लक्षित गर्दै घटनालाई ओझेलमा पार्ने वा सामान्यीकरण गर्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारिन्। उनका अनुसार वास्तविकता सार्वजनिक नगरी ‘सब ठीक छ’ भन्ने शैलीमा अघि बढ्नु उचित होइन। साथै, यस्तो घटनाको तथ्य खोज्ने जिम्मेवारी अन्ततः संसदले नै लिनुपर्ने धारणा पनि उनले राखिन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्