नेभिगेशन
सुरक्षा विशेष

पेस्तोलसहित दुई युवक पक्राउ, एक थान म्याग्जिन र ३ राउन्ड गोली बरामद

काठमाडौं । प्रहरीले पेस्तोलसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरुको साथबाट एक थान पेस्तोल ,एक थान म्याग्जिन र ३ राउन्ड गोली गोली बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार काठमाडौंको शंखरापुर नगरपालिका–५ सालीनदी क्षेत्रस्थित खोला किनारबाट मकवानपुर बकैया गाउँपालिका–३ का ३५ वर्षीय जीवन जिम्बा (राम) र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ का ३४ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका हुन्। प्रारम्भिक अनुसन्धानमा उनीहरू लागुऔषध कारोबारमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।

उनीहरूलाई पक्राउ गर्ने क्रममा जीवनले प्रहरीमाथि गोली चलाएपछि प्रहरीले पनि जवाफी फायर गरेको थियो। सो क्रममा घाइते भएका जीवनको हाल सुस्मा कोइराला मेमोरियल अस्पताल, सलम्बुटारमा उपचार भइरहेको छ।

घटनामा संलग्न अन्य दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"