नेभिगेशन
सुरक्षा विशेष

नेपाल प्रहरी र सशस्त्र प्रहरी भर्ना तयारीका लागि क्रिस्टल इन्स्टिच्युटको विशेष कोर्स

काठमाडौं । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका विभिन्न पदका प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका उम्मेदवारलाई लक्षित गर्दै क्रिस्टल इन्स्टिच्युट नेपालले अनलाइन तथा भौतिक उपस्थितिमा विशेष तयारी कक्षाहरू सञ्चालन गरेको जनाएको छ।

इन्स्टिच्युटका अनुसार विद्यार्थीको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै भौतिक तथा अनलाइन दुवै माध्यमबाट नियमित कक्षा सञ्चालन भइरहेको छ। भौतिक कक्षामा भर्ना हुने विद्यार्थीले एक वर्षसम्म अनलाइन कक्षा निःशुल्क अध्ययन गर्न सक्ने व्यवस्था गरिएको छ।

संस्थाले निःशुल्क रेकर्डेड भिडियो सामग्री, वर्षभरि हप्तामा तीन दिन नमूना परीक्षा, दैनिक अभ्यास परीक्षा तथा अनलाइनमार्फत परीक्षा दिन सकिने सुविधा उपलब्ध गराएको जनाएको छ। साथै उपत्यका बाहिरबाट आउने विद्यार्थीका लागि होस्टेलको सुविधा पनि रहेको छ।

संस्थाकी सञ्चालिका मन्जु भट्टका अनुसार हाल नेपाल प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको अन्तरवार्ता तयारी कक्षा पनि सञ्चालन भइरहेको छ। उक्त कक्षामा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) तथा अनुभवी प्रशिक्षकहरूले प्रत्यक्ष रूपमा प्रशिक्षण दिइरहेका छन्।

भट्टका अनुसार  अन्तरवार्तामा सोधिने सम्भावित प्रश्न, व्यक्तित्व विकास, नेतृत्व क्षमता, समसामयिक विषयवस्तु, प्रहरी संगठनसम्बन्धी ज्ञान तथा प्रभावकारी प्रस्तुतीकरणलगायत विषयमा विशेष प्रशिक्षण प्रदान भइरहेको छ। लिखित परीक्षामा सफल भएका उम्मेदवारलाई अन्तिम चरणको प्रतिस्पर्धाका लागि आत्मविश्वासी र सक्षम बनाउने उद्देश्यले कक्षा सञ्चालन गरिएको भट्टले बताइन् ।

सञ्चालिका भट्टले परीक्षार्थीलाई सकेसम्म विज्ञापन (भर्ना) खुल्नुअघि नै कक्षामा सहभागी हुन आग्रह गर्दै समयमै तयारी सुरु गर्दा आफ्नो कमजोरी पहिचान गरी सुधार गर्ने पर्याप्त अवसर प्राप्त हुने बताए। भट्टका अनुसार विद्यार्थीले नियमित अध्ययनसँगै करिब १५० वटा अभ्यास तथा नमूना परीक्षामा सहभागी हुने अवसर पाउँछन्, जसले वास्तविक परीक्षाको अनुभव दिलाउनुका साथै आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।

सञ्चालिका भट्टले विज्ञापन प्रकाशित भएपछि धेरै विद्यार्थी भर्ना हुने र त्यसबेलासम्म संस्थाको लक्ष्य पनि निर्धारित पाठ्यक्रम समयमै सम्पन्न पर्ने भएकाले अन्तिम समयमा मात्र कक्षा सुरु गर्नेभन्दा पहिल्यै तयारी सुरु गर्नु बढी प्रभावकारी हुने उल्लेख गरिन ।

प्रहरी सेवामा प्रवेशको सपना देखिरहेका इच्छुक उम्मेदवारहरूले थप जानकारी तथा भर्नाका लागि ९८६६२८८७६८ नम्बरमा सम्पर्क गर्न सक्ने इन्स्टिच्युटले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्