नेभिगेशन
सुरक्षा विशेष

५७ हजार अमेरिकी डलरसहित युवराज पक्राउ, सुमो चालक पनि नियन्त्रणमा

काठमाडौं । प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सुमो गाडीमा सवार एक जनाबाट ५७ हजार अमेरिकी डलर बरामद गरेको छ।

काठमाडौंबाट इलाम जाँदै गरेको सुमोमा सवार झापाका युवराज नेवारको साथबाट  सिन्धुलीको खुर्कोटमा संयुक्त चेकजाँचका क्रममा  प्रहरीले ५७ हजार अमेरिकी डलर बरामद गरेको हो।

प्रहरीका अनुसार ५७ हजार डलर ( ८२ लाख नेपाली रुपैयाँ ) सहित पक्राउ परेका युवराज डलर ओसारपसारमा संलग्न रहेको हुन सक्ने भन्दै थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

सुमो चालक विक्रम लिम्बूलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्