नेभिगेशन
सुरक्षा विशेष

५७ हजार अमेरिकी डलरसहित युवराज पक्राउ, सुमो चालक पनि नियन्त्रणमा

काठमाडौं । प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सुमो गाडीमा सवार एक जनाबाट ५७ हजार अमेरिकी डलर बरामद गरेको छ।

काठमाडौंबाट इलाम जाँदै गरेको सुमोमा सवार झापाका युवराज नेवारको साथबाट  सिन्धुलीको खुर्कोटमा संयुक्त चेकजाँचका क्रममा  प्रहरीले ५७ हजार अमेरिकी डलर बरामद गरेको हो।

प्रहरीका अनुसार ५७ हजार डलर ( ८२ लाख नेपाली रुपैयाँ ) सहित पक्राउ परेका युवराज डलर ओसारपसारमा संलग्न रहेको हुन सक्ने भन्दै थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

सुमो चालक विक्रम लिम्बूलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"