नेभिगेशन
सुरक्षा विशेष

बाँकेका सीडीओ दिलकुमार तामाङ आईजी एपीएफ कमेन्डेसनबाट सम्मानित

काठमाडौं । बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिल कुमार तामाङ लाई सशस्त्र प्रहरी बल नेपालको आईजी एपीएफ कमेन्डेसनबाट(IG APF Commendation) बाट सम्मानित गरिएको छ।

२५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव)को अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले तामाङलाई उक्त सम्मान प्रदान गरेका हुन् बाँकेमा सशस्त्र प्रहरीसँगको सहकार्य तथा जिल्लामा उनले पुर्‍याएको योगदानको कदर गर्दै प्रदान गरिएको यो सम्मानले जिल्लास्तरमा सरकारी सेवा र नेतृत्वको महत्वलाई थप उजागर गरेको छ।

उक्त समारोहमा गायक दिपक लिम्बु र पर्वतारोही टासी लाक्पा शेर्पा लाई पनि आईजी एपीएफ कमेन्डेसनद्वारा सुशोभन गरिएको थियो। विभिन्न क्षेत्रबाट राष्ट्र र समाजप्रति अनुकरणीय योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले यो कार्यक्रम आयोजना गरेको हो।

सम्मान वितरणपछि महानिरीक्षक अर्यालले सम्मानित व्यक्तित्वहरुलाई बधाई दिँदै आगामी दिनमा पनि यस्तै उत्कृष्ट योगदानको अपेक्षा गरिएको बताए। 

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल र बंशीराज दाहाल सहित सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्